रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्विरोध चयन

काठमाण्डौँ - रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी यसअघि संरक्षक थिए । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । 

अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्म समय दिइएको थियो । उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।