नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरीको मनोनयन दर्ता 

टीकापुर - नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ । बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दसत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको हो ।