बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी फेरि आन्दोलित

विराटनगर - सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा बिलम्व भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारी र शिक्षकहरुले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्‍याली आयोजना गरेका थिए । माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा। डा। प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्दै उनीहरुले ‘निषेधित क्षेत्र’ समेत तोकेका छन् ।

गत कात्तिक २० गतेको सहमतिअनुसार बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन ढिलाइ भएपछि उनीहरु आन्दोलित बनेका हुन् ।