संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेको नाम सिफारिस

 काठमाडौँ - संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।

यसअघि संघीय संसद्को महासचिवका रहेका डा भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् । पाण्डेय प्रतिनिधिसभा सचिव हुन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।