'प्रचण्डले राम्रो गरेको एउटा बर्गले सुन्न चाहँदैन, बदनाम मात्र गर्न खोजे' : प्रधानमन्त्री दाहाल 

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले अहिलेको राजनीतिको बाहकको रुपमा आफूले गरेको राम्रो कामलाई एउटा बर्गले सुन्न नचाहेको गुनासो गरेका छन् ।

त्यो बर्ग प्रचण्डले राम्रो गर्‍योभन्दा आफूलाई पराजित भएको महसुस गर्ने उनले बताए । माओवादी निकट पत्रकारहरूको संस्था प्रेस संगठनको बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सरकारले गरेको राम्रो कामलाई अझ जोडदार ढंगले सुनाउन आग्रह गरेका हुन् ।


‘इजरायल र हमास युद्धमा नेपालीहरू फसे, प्रधानमन्त्रीको पहलमा सरकारले उनीहरूको तत्कालै उद्धार गर्‍यो । अरू देशले नगर्दा पनि नेपालले ग¥यो । तर प्रचण्डले राम्रो गर्‍यो भन्न एउटा बर्ग बिलकुल चाहँदैन, त्यसो गर्दा आफूलाई ह्यूमिलेशन भएको या त्यसोभन्दा उनीहरूलाई पराजित भएको फिल हुन्छ । हाम्रो पक्षका माअ‍ेवादी निकट पत्रकारले अझ जोडले भन्दिनु पर्‍यो’ प्रचण्डले भने । प्रचण्डले एनसेल प्रकरणमा सरकारले भ्रष्टाचार गरेको भन्दै दुष्प्रचार भएकोमा आपत्ति जनाएका छन् ।