महराका छोरा राहुल महरासहित पाँचजनाविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा

काठमाडौँ - इलेक्ट्रिक सिगरेट भेपमा सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमहरासहित चारजनाविरूद्व अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्वा दर्ता गरिएकामा राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङ रहेका छन् । निमा छिरिङ भने फरार छन् ।

प्रहरीले उनीहरूविरूद्वभन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको छ ।

दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको छ भने अन्य तीन जनालाई भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाइएको हो ।