आजको शेयर बजारमा सामान्य हरियाली : नेप्से ५.१६ अंकले बढ्यो, कारोबारमा देखिएन सुधार 

काठमाडौँ - लगातार ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । 

 बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ । उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक ०.१३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

होटल तथा पर्यटन उपसूचक १.८० प्रतिशतले वृद्धि हुँदा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ । नेप्सेमा सुधार भएपनि कारोबार रकम भने घट्दै गएको छ ।  बुधबार १ अर्ब ८ करोड ८५ लाखमा सीमित भएको छ ।