त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ - त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिजिया लिन र लिउ फुयान रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजश्व अनुसन्धान विभागले उनीहरुलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्रचार गरेको थियो ।

त्यही आधारमा अध्यागमन विभागले शुक्रबार उनीहरु विमानस्थल पुगेपछि सिआइबीलाई खबर गरेको र सिआइबीले उनीहरुलाई नियन्त्रणमा लिइसकेको छ ।