श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । मोरङमा  श्रीमतीको  हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपाल रहेका छन् ।

लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

लक्ष्मणले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध खुकुरी प्रहार गरेको मोरङ  बस्नेतअनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालले मृत घोषणा गरेको हो ।

मृतकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

प्रहरीका अनुसार पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको प्रहरीले जनाएको छ ।