शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा सुमेरू सिटी अस्पतालकी डाक्टर पक्राउ

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ ।

सीआईबीले सुमेरू सिटी हस्पिटलकी डा। पुनम थापा चौधरीलाई पक्राउ गरेको हो । सीआईबीले फक्सट्रट चार्ली अपरेशन चलाएर शैक्षिक प्रमाणपत्र कीर्ते गर्नेहरूलाई धमाधम पक्राउ गरिरहेको हो ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ । जसमा काँग्रेस सांसद सुनिल शर्मा पनि रहेका छन् ।