बडीगाड खोलामा महिलाको शव भेटियो

काठमाडौँ । गुल्मीमा बडीगाड खोलामा एक महिलाको शव भेटिएको छ ।

चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०र५५ वर्षकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्लाभर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताए ।

घटनाको थप अनुसन्धान सुरु हुँदैछ ।