आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

 काठमाडौँ - संघीय संसद्अन्तर्ग आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बारेमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।