बन्दुक र खुकुरीसहित चोरीको आरोप लागेका तीनजना युवा पक्राउ

काठमाडौँ ।  झापामा चोरकिो आरोप लागेका तीनजना युवा भरुव बन्दुक र खुकुरीसति पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए ।