मन्त्रीहरु उपस्थिति नभएपछि संसद बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आजको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

आजको बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका थिए। प्रतिनिधि सभा संचालन नियमावली अनुसार संसद संचालन हुन सरकारका कम्तिमा एक मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ।

अब शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।