प्रधानमन्त्री प्रचण्डलाई मत नदिन कांग्रेसको ह्वीप जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

पार्टी प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन निर्देशन दिएका छन् । पार्टी संसदीय कार्यदलले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

साथै, कांग्रेसले शुक्रबारको बैठकमा अनविार्य उपस्थित हुन, तटस्थ नरहन पनि ह्विप जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत फेस गर्दै छन् ।

सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता  लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । उनले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।