हिंसात्मक क्रियाकलापमा थुनिएका ब्यक्तिहरुका मुद्दाहरु अब फिर्ता, रेशम चौधरी पनि छुट्ने !

 काठमाडौँ - टिकापुर घटनामा दोषी ठहर भएर कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी सरकारले कानुन बनाउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको हो ।

कानुन मन्त्रालयका अनुसार हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेको भए नेपाल सरकार वादी भई चलेका मुद्दा फिर्ता लिन मिल्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।

यो विधेयकमार्फत सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरिएको छ । जसमा शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ता विरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।