प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

काँग्रेसको पदाधिकारी बैठक बस्नुअघि देउवा प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।