वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे शिखरमा

काठमाडौँ - यो वर्षको वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाको समूहले हिजो ९शुक्रबार० बेलुका ८ः१५ बजे सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

यस समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सफलतापूर्वक पुरा गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । आरोहण दलमा डेन्डी शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन् ।

हिउँमाथि डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिएका छन् । यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् ।