भोजपुर उडेको नेपाल एयरलाइन्सकाे जहाज काठमाडौँ फर्काइयो

काठमाडौँ - काठमाडौँबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको छ । 

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको हो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ ।  

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको जनाइएको छ । १६ जना यात्रु लिएर उडेको नाइन एन एबीटी कल साइनको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने बताइएको छ ।