प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाण्डौँ - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्विप जारी गरेका हुन् । कांड्रेसले जारी गरेको ह्विपमा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।

प्रमुख सचेतक लेखकले भनेका छन्, ‘२०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन्, सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्स्तावको विपक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ ।’

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो। यससँगै प्रधानमन्त्री दाहालले फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् ।