बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता   

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सत्ता गठबन्धन, राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत विषयमा छलफल भएको दुवै नेताका सचिवालयले जानकारी गराएका छन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार (भोलि) हुँदै छ । प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।