प्रधानमन्त्री दाहालले बुधबार विश्वासको मत लिँदै 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिने भएको छन् । गत पुस १० मा प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेकपा माओवादी केन्द्रको गत शनिबार बसेको संसदीय दलको बैठकले फागुन ३० अर्थात यही बुधबार प्रधानमन्त्रीले विश्वासको मत लिने बारे निर्णय गरेको थियो ।