राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : दाहालको पक्षमा ३९, शर्माको पक्षमा १७ सांसद

काठमाडौँ - राष्ट्रिय सभाको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन् । दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् । समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् ।