जसपाको आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ : प्रमिला कुमारी

काठमाडौं - जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी छन् ।

शनिबार उपराष्ट्रपति पदमा जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारीले उम्मेदवारी दर्ता गरेका छन् । आधिकारिकता भने आइतबार पार्टीले टुंगो लगाउने प्रमिलाले सञ्चारकर्मीहरुलाई बताइन् ।