सुनको मूल्य स्थिर, आज तोलाको कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।