आजको मौसम : पहाडी भेगमा आंशिक बदली , कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपात

काठमाडौँ - सुदूर पश्चिम प्रदेशमा आज सामान्य बदली हुनेछ भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । आज राती अधिकांस पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव ५ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।