उदयपुरको रौतामाईमा आगलागीमा परी दुई जना बालबालिकाको ज्यान गयो

उदयपुर - उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परेर एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।

रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।