झिनो अंकले घट्यो शेयर बजार, चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।

आज दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ । १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ ।

६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ ।