भावी सेनापति भनिएका जर्नेलद्धारा राजीनामा

काठमाडौँ - नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

भावी सेनापतिको रुपमा चर्चामा आएका जर्नेल पाण्डेले आफूमाथि छानविन भएको थाहा पाएपछि राजीनामा दिएका हुन्। सैनिक स्रोतका अनुसार, उनको राजीनामा अहिले प्रधानसेनापतिको सचिवालयमा छ । नियमत सेनापतिले रक्षा मन्त्रालय पठाएर मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनुपर्दछ ।

लेफ्टिनेण्ट जनरल पदमा पदोन्नतिका लागि सेनाले सार्वजानिक सूचना निकालिसकेको र त्यसको एकमात्र हकदार देखिएको अवस्थामा उनको प्रमाणपत्रमा विवाद निस्केको थियो ।

यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षामन्त्रालयलाई तत्काल छानविन गर्न पत्र लेखेपछि उनको प्रमाणपत्रबारे छानविनको प्रक्रिया आरम्भ भएको बुझिएको छ । तीनतारे जर्नेल हुनबाट रोक्ने गरी छानविन शुरु गराइएको भन्दै असन्तुष्टीस्वरुप उनले राजीनामा दिएको स्रोतको दावी छ ।