लगातार उकालो लाग्दै सुनको मूल्य, प्रतितोला मुल्य कति छ ? 

काठमाडौँ - आज मंगलबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो सोमबार पनि सुन एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।