पोखरामा रवि लामिछानेविरुद्ध चर्को नाराबाजी, सुरक्षा सर्तकता बढाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।

पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।नाराबाजीका बीचमा कडा सुरक्षा घेराबीच लामिछाने भर्खरै कार्यक्रमस्थल पुगेका छन् ।

उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।