जी-२० सम्मेलन : विश्व नेताहरु संयुक्त घोषणापत्रका लागि सहमत

 काठमाडौँ - जी-२० मुलुकका नेताहरु संयुक्त घोषणा पत्रप्रति सहमत भएका छन्। आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको जानकारी दिएका हुन् ।

‘हाम्रो टोलीको कडा मेहनत र सबैको सहयोगले दिल्ली जी-२० घोषणापत्रमा आम सहमति कायम भएको छ,’ मोदीले भने, ‘म यस घोषणा पत्र अनुमोदन गर्ने घोषणा गर्दछु ।’

नयाँदिल्ली घोषणापत्र मजबुत, दिगो, सन्तुलित र समावेशी विकास, हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाजस्ता विषयमा केन्द्रित रहेको बताइएको छ । जी२० का नेताहरुका लागि युक्रेन युद्ध टाउको दुखाइको विषय बन्दै आएको छ। किनभने यसप्रति भारत र पश्चिमा मुलुकहरुको धारणाबीच धेरै फरक छ।

त्यसैले यसबारे यसअघि बालीमा प्रयोग गरिएको भाषा नै दोहो¥याइने सहभति भएको छ । आइतबार जी २० सम्मेलनको अन्तिम दिन हुनेछ। जसमा एक भविष्य विषयमा तेस्रो सत्र आयोजना गरिनेछ। एजेन्सी