मोरक्को भूकम्प : मृतकको संख्या दुई हजार नाघ्यो, देशको एक तिहाइ भूभाग प्रभावित

काठमाण्डौँ - मोरक्कोमा भएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । ​भूकम्पमा परी हालसम्म दुई हजार बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पमा परी एक हजार ४०० बढी घाइते छन् । घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । 
ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी मोरक्कोको अल–हौज र ताराउदान्ट प्रान्तका छन् । मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको समाचारमा उल्लेख छ ।