माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्नेछ । हिजोदेखि शुरू भएको बैठक आज बिहान ११ बजे बस्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।