नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

काठमाडौँ । चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

शनिबार (आज)  दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।

उनका अनुसार अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन् । उनको पहिचान खुलेको छैन । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।