रौतहटमा करेन्ट लागे ६ वर्षिय बालकको मृत्यु

काठमाडौँ । रौतहटमा करेन्ट लागेर ६ वर्षिय बालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको छतमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।