सरकारले जर्बजस्ती करणी मुद्धा सबन्धी कानुन संसोधन गर्ने

काठमाडौँ - मुख्यतयाः बलात्कारमा मुद्धामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ । 

१८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । 

कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने जानकारी दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी रहेको बताए पछि सरकारले कानुन परिवर्तन गरेर जर्वजस्ती करणीको मुदालाइ बर्गिकरण गर्नु पर्नेमा जोड गरेका थिए ।