बङ्गलादेशको दुई कारागारमा झडप : १२ कैदीबन्दीको मृत्यु

एजेन्सी । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो ।आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्गबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे ।