'भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवाद यात्राको थालनी भएको छ' : मन्त्री किराती


काठमाण्डौँ - संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवाद यात्राको थालनी भएको  बताएका छन । 

 उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समाजवादको यात्रा सुरू भएको बताएको हो । उनले आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको प्रसंशा गर्दै समाजवादको काम गर्नु पर्ने र भ्रष्टाचारविरूद्धको अभियानदेखि समाजवादको बाटो सुरु हुने बताए । 

उनले नेपाली समाज कस्तो हुने ? नेपाली समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता केके हुने ? नेपाली समाज कसरी बनेको छ । समाजवादमा पुग्न केके गर्नुपर्छ ? नेपालको सांस्कृतिक विशेषताहरूलाई कसरी जीवित राख्ने भनेर उत्तर खोज्न जरुरी भएको पनि बताए ।