ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प

असार २६, काठमाण्डौँ । ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

बुधबार बिहान १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।