आजको लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित 

काठमाण्डौँ - आज लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । 
आज बिहान ११  बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बताए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।