गण्डकीका मुख्‍यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

मुख्‍यमन्त्री पाण्डेको पक्षमा ३१ मत, त्यस्तै विपक्षमा २८ मत र मत दिन्नँ भन्नेमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले सभामा जानकारी गराए।

आजको बैठकमा जम्मा ५९  सांसद उपस्थित रहेको पनि उनले जानकारी गराए। ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसदहरुको समर्थन भए पुग्‍ने कानुनी व्‍यवस्था छ।