आमाको हत्या आरोपमा पक्राउ  

काठमाडौं । भोजपुरमा आफ्नी आमाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरुण गाउँपालिका–४, चरम्बीका ३४ वर्षीय मिलन तामाङ छन् ।

६८ वर्षीया नीरकुमारी तामाङको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजों) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

मिलनले खुर्पा प्रहार गरी आमा नीरकुमारीको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।