नक्कली भुटानी शरणार्थी : सही, सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुहोस्

काठमाण्डौँ - नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे  सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

बुधबार सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति जारी गरेर सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी प्रतिवद्ध रहेको उनको भनाइ छ ।