पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति लिएको छ ।

बुधबार बिहान आफ्नै निवास चावहिलको मैजु बहालबाट पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहले खाँणको समेत नाम लिएपछि उनी अनुसन्धानमा तानिएका हुन् ।