'नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा तीन दलको पनि सहमति छ' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - तीन ठूला दलका शीर्ष नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनमा पूर्ण रुपमा सहयोग गर्ने जनाएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच निर्दोष नफस्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बिषयमा छलफल भएको हो ।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाबारे दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा एकमत रहेको बताए ।