राप्रपाको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाका सांसदले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।