राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। आज (आइतबार) दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ।

बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिनेछ। यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुन गते नै सकिएको छ राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो ।

आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूची पनि छ।