उपनिर्वाचन : मतदाता नामावली प्रकाशन गरिँदै, त्रुटि भए सच्याउन आग्रह 

काठमाडौँ - आउँदो वैशााख १५ गते हुने उपनिर्वाचनका निम्ति वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गरिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलित नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्न लागिएको उनले जानकारी गराएका छन् । निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म संकलित विवरणमध्ये वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिनेछ ।