नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय भएको हो ।

दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।